१६ चैत्र २०८०, शुक्रबार

घाँस काटन गएकी महिला मृत फेला

Screenshot 20220924 073549 Facebook

महोत्तरीको मट्टिहानीमा घाँस काटन गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन ।

वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षिया श्रीमति अमना खातुन मृत अवस्थामा फेला परेकी हुन । अमिना शुक्रवार घास काटन जंगल गएकी थिइन ।

मृतक महिलाको शव घरबाट झण्डै एक किलोमिटर दूरीमा रहेको खोईर भन्ने स्थानको बासघारीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

महिलाको शरिरभरी चोट र रक्ताम्य देखिएको हुदा कसैले बीभत्स हत्या गरेको हुन सक्ने प्रहरीको पारम्भिक अनुमान छ । शवको पकृती हेर्दा हत्या गरेको जस्तो देखिएको हुनाले प्रहरीलाइ यथासक्य छानविनको लागि अनुरोध गरेको नगरप्रमुख हरि प्रसाद मण्डलको भनाइ छ ।

घटनाको बिषयमा गम्भीर ढङगले अनुसन्धान अगाडि वढाइएको र रातिसव भेटिएको हुनाले पोष्टमार्टमको लागी विहानमात्र पठाइने महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए ।

मृतकको श्रीमान र एक छोरा वैदेशिक रोजगारीमा छन ।

    सम्बन्धित समाचार...