१६ चैत्र २०८०, शुक्रबार

नीति एकातिर बोलि अर्कोतिर अर्थमन्त्री शर्माको ?

janardan sharma
फाइल फोटो

अर्थमन्त्री जनार्दन शर्माले बिहीबार नाडा ईभी अटो शोको उद्घाटन गर्दै व्यापार घाटा न्यूनीकरण गर्न मात्र नभई ग्रिन ईनर्जी प्रोत्साहन गर्न विद्युतीय सवारीलाई प्राथमिकतामा राखेको दाबी गरे । उनले नेपालमा हाईड्रोजन फ्युल उत्पादन गरेर विश्वभर निर्यात गर्ने योजनासमेत सुनाए ।

अर्थमन्त्री शर्माले मौखिक रुपमा जस्तो प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यो देखिँदैन । शर्माले बजेटमै विद्युतीय गाडीको भन्सार र अन्तःशुल्क वृद्धि गरेपछि एक सय वाटभन्दा माथिका विद्युतीय सवारीको माग घटेको छ ।

यहाँसम्म कि एक सय वाटभन्दा माथिको गाडी उत्पादन गर्ने किया र एमजी ले त आयात गर्न छाडेका छन् । त्यही कारण उनीहरु अटो शोमा समेत सहभागी भएनन् । सरकार र मन्त्री फेरिने वित्तिकै नीति परिवर्तन हुनु नेपालका लागि नौलो होइन ।

पछिल्लो २ वर्षमा ३ पटक ईभि सम्बन्धी नीति परिवर्तन भइइसकेको छ । पेट्रोलियम गाडीको आयात रोकेको समयमा विद्युतीय गाडीको प्रयोग बढाउने अवसरलाई अर्थमन्त्रीको पछिल्लो नीतिले सहयोग पुगेन ।

हरेक वर्ष मुलुकको व्यापार घाटा चुलिँदै छ । जसमा पेट्रोलियम पदार्थको हिस्सा २० प्रतिशत हाराहारी छ । यसलाई हटाउन सके पनि ठूलो उपलब्धि हुने अर्थमन्त्रीको भनाई छ । तर स्वदेशी उर्जाको प्रयोग गर्ने विद्युती सवारीमा कर बढाएर पेट्रोलियमको हिस्सा घटाउन सम्भव देखिँदैन ।

गाडी बनाउनेलाई थप सहयोग दिइने

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा गाडी बनाउने उद्योगलाई आवश्यकता अनुसार सहयोग गर्न सरकार तयार रहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डमा ईभी एक्स्पो २०२२ को उद्घाटन गर्दै मन्त्री शर्माले पाटपुर्जा ल्याएर जोड्नेभन्दा भ्यालू एडिसनमा लाग्न र चाहिएको सहयोग माग्न आग्रह गरे ।

मन्त्री शर्माले नेपालमा विद्युतीय गाडी प्रवर्द्धन गर्ने सरकारको नीतिबाट पछि नहट्ने बताएका छन्।  ‘विद्युतीय गाडीलाई प्रवर्द्धन गर्दै आएका छौं। त्यसबाट पछि हट्दैनौं,’ मन्त्री शर्माले भने,‘अब कोईला, डिजेल, पेट्रोलको युग सकियो अब इभी, हाइड्रोजनतर्फ गैरहेका छौं।’

अर्थमन्त्री शर्माले सरकारले निश्चित अवधिपछि विद्युतीय सवारी चल्ने मात्रै व्यवस्था गर्न लागेको बताएका छन्। पेट्रोलियम पदार्थबाट चल्ने सवारी कहिले रोक्ने भन्ने विषयमा अध्ययन गरिरहेको जानकारी दिए।  ‘गाडी उत्पादन यही गर्नुहोस् विद्युत र ब्याजमा थप सहुलियत दिनुपर्छ,’ उनले भने,‘एसेम्बल उद्योगमा भ्यालु एड कसरी गर्न सकिन्छ। त्यसमा ध्यान दिनुस्।’

‘तपाईहरु गाडी उत्पादनमा लाग्नुहोस् । आवस्यक परे अहिले घोषणा भएको सहुलियत बढाउन सकिन्छ । तर, उत्पादन र भ्यालू एडिसन भने हुनुपर्छ’, शमाले भने ।

‘गाडी उत्पादन यहि गर्नुहोस् विद्युत र ब्याजमा थप सहुलियत दिनुपर्छ,’ उनले भने,‘एसेम्बल उद्योगमा भ्यालु एड कसरी गर्न सकिन्छ, त्यसमा ध्यान दिनुस् ।’

नेपालको इतिहासमै पहिलो पटक भएको नाडा ईभी एक्स्पोमा आफ्नो भनाई राख्दै नाडा अध्यक्ष ध्रुव थापाले भने, ‘नेपालमा पहिलो पटक हुन गएको ईभी शो भृकुटीमण्डपमा शुरुवात भएको छ । यसले नेपालमा विद्युतीय सवारी साधनको अपरिहार्यतालाई प्रस्ट पारेको छ ।’

जनस्तरमा नै विद्युतीय सावरीसाधनको महत्व बढ्दै गएको बताउँदै अध्यक्ष थापाले प्रदुषण कम गर्ने मात्र नभई विद्युत खपतमा सहयोग पुग्ने र पेट्रोलियम पदार्थको खपत कम गर्ने भएकाले विद्युतीय साधनमा क्रेज बढ्दो रहेको धारणा राखे ।

सरकारले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने बताई रहदाँ १०० किलोवाट माथीका गाडीमा कर बढाउनु उपयुक्त नभएको अध्यक्ष थापाको भनाई थियो ।

सरकारले नेपालमै गाडी एसम्बल गर्न आग्रह गरेपनि त्यसकोलागि स्थिर नीति आवश्यक रहेको नाडाले जनाएको छ । अध्यक्ष थापाले सरकारले स्थितर नीति लिए व्यवसायी पार्टपुर्जाको उद्योग समेत खोल्न तयार रहेको बताए ।

अर्थमन्त्री जनार्दन शर्माले ईभी एक्स्पो नाडाको मात्रै नभई देशकै भएको बताए । मन्त्री शर्माले नेपालमा विद्युतीय गाडी प्रवद्र्धन गर्ने सरकारको नीतिबाट पछि नहट्ने बताएका छन् ।

‘विद्युतीय गाडीलाई प्रवद्र्धन गर्दै आएका छौं । त्यसबाट पछि हट्दैनौं,’ मन्त्री शर्माले भने,‘अब कोईला, डिजेल, पेट्रोलको युग सकियो अब ईभी र हाइड्रोजनतर्फ गइरहेका छौं ।’

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको सहुलियतका कारण ३०-३५ लाखमै गाडी पाउने अवस्था रहेको बताए ।
अध्यक्ष गोल्छाले सरकारको नीति स्थिर रहनु पर्ने बताउँदै अन्तःशुल्क र भन्सार महशुल बढाउन नहुने धारणा राखे । वातावरण संरक्षण गर्नको लागिपनि विद्युतीय गाडीलाई प्रोत्साहन गर्नु पर्ने उनको धारण थियो ।

कार्यक्रममा नाडा अध्यक्ष थापाले सरकारले गाडी आयातमा प्रतिबन्ध लगाउँदा ९ महिनादेख अटो व्यवसायी मारमा परहेको जानकारी गराए । कार, जीप, भ्यान र १५० सीसीमाथिका मोटरसाइकल आयात खुल्ला गर्न अर्थमन्त्रीसँग माग गरेका थिए ।

अर्थमन्त्री शर्माले सवारी प्रतिबन्ध लामो समय नरहने बताए । उनले अर्थतन्त्र शुधारतर्फ गैरहेको बताउँदै निर्यात वृद्धि गरि आयात खोल्नु पर्ने उल्लेख गरे ।