११ आश्विन २०७९, मंगलवार

टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि पाकिस्तानले सार्वजनिक ग-यो जर्सी

pakistan new jersey

पाकिस्तानले अस्ट्रेलियामा आयोजना हुने टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि जर्सी सार्वजनिक गरेको छ ।

पाकिस्तानले हिजो विश्वकपका लागि जर्सी सार्वजनिक गरेको हो । टी–ट्वेन्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।

पाकिस्तान अघिल्लो संस्करणमा अस्ट्रेलियासँग सेमिफाईनलमा पराजित भएको थियो । पाकिस्तानले भारतविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्ने छ । पाकिस्तानले बाबर अजामको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

पाकिस्तानको घोषित टोलीमा शाहिन शाह अफ्रिदीले पुनरागमन गर्नुभएको छ । चोटका कारण अफ्रिदीले एसिया कप गुमाउनुभएको थियो ।