७ बैशाख २०८१, शुक्रबार

सुखद सुरुआत इङल्यान्डको टी-२० खेलको शृंखलमा

ENG PAK1663731991

पाकिस्तानमाथि ६ विकेटको जितसहित इङल्यान्डले मंगलबार सात टी-२० खेलको शृंखलमा सुखद सुरुआत गरेको छ ।

१७ वर्षपछि पाकिस्तान भ्रमण गरेको इङल्यान्डले लुक उड र एलेक्स हेल्सको उत्कृष्ट प्रदर्शनमा सहज जित पक्का गर्यो ।पाकिस्तानले प्रस्तुत गरेको एक सय ५९ रनको लक्ष्य इङल्यान्डले १९.२ ओभरमा मात्र चार विकेटको क्षतीमा पूरा गर्यो । 

इङल्यान्डका हेल्सले ५३ र ह्यारी ब्रुकले अविजित ४२ रन जोडे । हेल्सले ४० बलमा सात चौका प्रहार गर्दा ब्रुकले २५ बलमा सात चौका प्रहार गरे ।

पाकिस्तानका उस्मान कादिरले दुई तथा हरिस रौफ र सहानवाजले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५८ रनको योगफल खडा गरेका थियो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवान र कप्तान बाबर आजमले  पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । रिजवानले ४६ बलमा ६ चौका  सहित ६८ रन बनाए ।   दुई छक्का प्रहार गर्दा आजमले २४ बल ३ चौका सहित ३१ रन  प्रहार गरे ।

इङल्यान्डका उडले तीन, आदिल रसिदले दुई तथा साम कुरान र मोइन अलीले समान एक विकेट लिए ।

    सम्बन्धित समाचार...