१३ बैशाख २०८१, बिहीबार

काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा दुईको निधन (भिडियो सहित)

accident

काठमाडौंको टोखा नगरपालिका–२मा आज (आइतबार) बिहा पञ्चेटारमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।

आइतबार बिहान साढे ५ बजे भएको दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो । प्रहरीका अनुसार बा ८५ प ५६६ को मोटरसाइकल र बा ९१ प ११८८ को मोटरसाइकल टोखा पञ्चेटारमा बिहान साढे ५ बजेतिर ठोक्किएका हुन्।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार सामाखुशीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ को मोटरसाइकल तामाङ र झोरबाट टोखातर्फ आउँदै गरेको मोटरसाइकल २२ वर्षीय दुलालले चलाइरहेका थिए ।

दुर्घटनामा पहिलो मोटरसाइकलका चालक मनोज दुलाल र दोस्रो मोटरसाइकलका पासाङ तामाङको मृत्यु भएको हो। साथै दुर्घटनामा दुलालकी आमा मथुरा दुलाल गम्भीर घाइते भएको डीएसपी उमेश लम्सालले जानकारी दिए।

घाइते मथुराकाे अहिले ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको उनले बताए। उनका अनुसार तामाङ टोखा नगरपालिकाकै वडा नम्बर ९ का बासिन्दा हुन् भने दुलाल वडा नम्बर १ का बासिन्दा हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।