१५ चैत्र २०८०, बिहीबार

सबैभन्दा लामो अन्तरिक्ष यात्राको कीर्तिमान राख्ने प्रसिद्ध रुसी अन्तरिक्ष यात्रीको निधन

64f38ad69e198387e5c7dec86121690f1663660058

सबैभन्दा लामो अन्तरिक्ष यात्राको कीर्तिमान राख्ने रुसी अन्तरिक्ष यात्रीको ८० वर्षको उमेरमा निधन भएको छ । भ्यालेरी पोल्याकोभले मिर स्पेस स्टेशनमा सन् १९९४ देखि १९९५ सम्म पृथ्वीको परिक्रमा गरी ४३७ दिन बिताएका थिए ।

उनले मंगल ग्रहको लामो यात्रा गर्ने हो भने मानिसले आफ्नो मानसिक स्वास्थ्य कायम राख्न सक्छन् कि सक्दैनन् भनेर परीक्षण गरेका थिए ।

उनले मंगल ग्रहमा लामो दूरीको यात्रा गर्नुपर्‍यो भने मानिसहरूले आफ्नो मानसिक स्वास्थ्य स्वस्थ राख्न सक्छन्-सक्दैनन् भन्ने अध्ययन गरेका थिए। उनको १४ महिनाको परीक्षणमा अन्तरिक्षमा बस्दा उनको कार्यशैलीमा कुनै असर पुगेन।

पोल्याकोभको निधन रुसी अन्तरिक्ष एजेन्सीले घोषणा गरेको थियो । उनलाई सोभियत संघको नायक र युएसएसआरको पायलट–कस्मोन सहितका उपाधि सो निकायले दिएको थियो ।

अन्तरिक्ष एजेन्सी रोजकोसमोसले टेलिग्राममा लेखेको पोस्टमा पोल्याकोभको अनुसन्धानले मानव शरीर टाढा अन्तरिक्षमा पनि प्रतिकूलताहरूको सामना गर्न सक्षम छ भन्ने कुरा प्रस्तुत भएको लेखेको छ।

उनको जन्म मस्कोको तुला शहरमा १९४२ मा  भएको थियो। उनी पहिले एक चिकित्सक थिए र  पछि अन्तरिक्ष यात्री बने। उनको पहिलो मिशन अगस्त १९८८ मा सुरु भयो। सो समय उनले आठ महिना अन्तरिक्षमा बिताए।

यसपछि उनले ६ वर्षपछि सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बसेर कीर्तिमान कायम गरे। जुन अहिलेसम्म कायमै छ । पोल्याकोभले ८ जनवरी १९९४ देखि २२ मार्च १९९५ सम्म मीर स्पेस स्टेशनमा काम गरे। यस क्रममा उनले ७ हजारभन्दा बढी पटक पृथ्वीको परिक्रमा गरेका थिए ।

पछि उनले मंगल ग्रहमा बिताएको समय र त्यहाँ जान र आउन लागेको समय बराबर भएको बताएका थिए। मिर स्पेस स्टेशन सन् १९८६ मा अर्बिटमा पठाइएको थियो । पहिले सोभियत संघको नियन्त्रणमा थियो र पछि रुसको नियन्त्रणमा आयो ।

उनको निधनको कारण खुलासा गरिएको छैन ।

    सम्बन्धित समाचार...