८ बैशाख २०८१, शनिबार

प्रदर्शनकारीमाथि गोली चल्यो इरानमा, ५ जनाको निधन

iran

प्रहरी हिरासतमा एक महिलाको निधनको विरोधमा भएको प्रदर्शनका क्रममा इरानमा सुरक्षा बलले गोली चलाउँदा पाँच जनाको निधन भएको छ । हेंगाउ मानव अधिकार संगठनले उक्त जानकारी दिएको हो ।

महसा अमिनीलाई प्रहरीले गिरफ्तार गरेपछि उनको निधन भएको भन्दै प्रदर्शनकारीले विरोध गरिरहेका छन् । कुर्दिश अधिकार समूहका अनुसार घटनाप्रति कट्टरपन्थी सरकारविरुद्ध राष्ट्रव्यापी आक्रोश बढेको छ ।

आक्रोशलाई नियन्त्रण गर्ने प्रयासमा, आधिकारिक समाचार एजेन्सी आइआरएनएले सात प्रान्तका धेरै शहरहरूमा ‘सीमित’ विरोध प्रदर्शन भएको जनाएको छ ।