१५ बैशाख २०८१, शनिबार

बहुविशेषज्ञ अस्पतालमा लैजाऊ डा. केसीलाई, जीवन रक्षा गर्न संघको माग

Dr govinda kc
फाइल फोटो

सेती प्रादेशिक अस्पताल धनगडीले एक सातादेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थामा जटिलता आउन सक्ने भन्दै थप उपचारका लागि बहुविशेषज्ञ भएको अस्पताल लैजान आग्रह गरेको छ । 

गत सोमबार ( २७ भदौ)देखि अनशन बसेका डा. केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शंका भएकोृ हुनाले थप जटिलता हुन सक्ने हुनाले थप उपचारका लागि बहुविशेषज्ञ भएको विशिष्टकृत अस्पतालमा स्थानान्तरणका लागि प्रादेशिक अस्पतालले सुदूरपश्चिम मानवअधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय तथा संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको छ । 

स्वास्थ्य क्षेत्रको सुधारका लागि यसअघि अनशन बस्दा सरकारसँग भएका सम्झौता र सहमति कार्यान्वयनको माग राखेर गत २७ भदौदेखि सेती प्रादेशिक अस्पतालमा २०औंपटक अनशन बसेका हुन् । 

अस्पतालले उनको स्वास्थ्यमा जटिलता आउन सक्ने भन्दै सम्बद्ध निकायलाई जानकारी गराएका बेला नेपाल नेपाल चिकित्सक संघले पनि डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ ।

आइतबार विज्ञप्ति निकालेर संघले डा. केसीको जीवन रक्षा गर्न माग गरेको हो ।

307223688 1457615908081909 9194102196467840217 n