१६ चैत्र २०८०, शुक्रबार

कलाकारमध्ये क–कसले पाए संविधान दिवसमा पदक ?

all

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित हुने ९९८ जनाको नाम घोषणा गरेकी छन् । 

यसरी घोषणा गरिएका व्यक्तिलाई आगामी २०८० वैशाख १ गते नयाँ वर्षको दिन राष्ट्रपतिबाट ती मानपदवी, अलङ्कार र पदक प्रदान गरिन्छ । 

अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि मानपदवी, अलङ्कार र पदक पाउनेको सूचिमा थुप्रै कलाकारहरुको नाम समेटिएको छ । 

यसवर्ष चार जना कलाकारलाई सुकीर्तिमय राष्ट्रदीप दिने घोषणा गरिएको छ । सुकीर्तिमय राष्ट्रदीप पाउनेमा वरिष्ठ कलाकार नीर शाह, नायक राजेश हमाल, कलाकारद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ रहेका छन् । 

राष्ट्रपतिले सुप्रबल जनसेवाश्री अभिनेता अर्जुन श्रेष्ठलाई दिने घोषणा गरेकी छन् । अभिनेता तथा निर्देशक कृष्ण कुमार मल्ल र कलाकार मिथिला शर्मालाई कीर्तिमय राष्ट्रदीप दिने घोषणा गरिएको छ । 

यस्तै प्रबल जनसेवाश्री अभिनेता तथा निर्देशक निर्मल शर्मा र कलाकार दयाहाङ राईलाई दिने घोषणा गरिएको छ । कलाकार प्रदीप खड्का, निर्देशक माधव राज खरेल, नृत्य निर्देशक शिवराम बिक, निर्देशक रमेश कोइराला, कलाकार सनम कठायत, अभिनेता कुमार बस्नेत र कलाकार मनोहर सुनाम परियारलाई जनसेवाश्री दिने राष्ट्रपतिले घोषणा गरेकी छन् । 

नेपाल सेवा प्रवीण पाउनेको सूचीमा कलाकार सानु कान्छा शाही, प्रभाकार शर्मा, इन्द्र बहादुर खत्री र कष्ण बहादुर बिकको नाम रहेको छ ।

यी गायक/गायिका र संगीतकर्मीले संविधान दिवसका अवसरमा पाए विभिन्न पद्वी

राष्ट्रपति भण्डारीले संविधान दिवसको अवसरमा आज घोषणा गरेको विभिन्न मानपदवी, अलङ्कार र पदक पाउनेको सूचीमा गायक, गायिका र संगीगतकर्मीहरु समेटिएका छन् । 

राष्ट्रपति भण्डारीले गायक नन्द कृष्ण जोशीलाई सुकीर्तिमय राष्ट्रदीप दिने घोषणा गरेकी छन् । 

सुप्रबल जनसेवाश्रीबाट संगीतकार आलोकश्री, संगतीकार दीपक जंगम, गायक आनन्द कार्की र गायिका ज्ञानु राणालाई विभूषित गर्ने घोषणा गरिएको छ । 

यस्तै संगीतकार मिलन मोक्तान, गायक सिताराम पोखरेल, संगीतकार चेतनाथ सापकोटा (चेतन) र गायिका सत्यकला राईलाई प्रबल जनसेवाश्री दिने घोषणा गरिउको छ । 

जनसेवाश्री लोक गायिका सुनिता दुलाल, गीतकार बद्री पाण्डे, गायक तथा संगितकार कमल सुनार (सौराग) संगीतकार सन्तोष श्रेष्ठ, संगतीकार दिपक शर्मा र  संगीतकार सानु कान्छा शाहीले पाउने भएका छन् । 

नेपाल सेवा प्रवीण गायक किरण गजमेरलाई दिइने छ । 

    सम्बन्धित समाचार...