१६ आश्विन २०७९, आईतवार

नौ सय ९८ जना ककसले पाउँदैछन् संविधान दिवसका अवसरमा विभूषण ?

bibhusan मानपदवी अलंकार र पदक

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ ।

नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषण प्राप्त गर्नुहुने व्यक्तित्वको नामावली सार्वजानिक गरिएको हो ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी गरेर मानपदवीतर्फ नेपाल रत्न एक, राष्ट्र गौरव तीन, सुप्रसिद्ध प्रबल नसेवाश्री एक, प्रसिद्ध प्रबल जनसेवाश्री १४, सुकीर्तिमय राष्ट्रदीप १७, सुप्रबल जनसेवाश्री एक सय ६५, कीर्तिमय राष्ट्रदीप छ, प्रबल जनसेवाश्री तीन सय २२, राष्ट्रदीप दुई, जनसेवाश्री दुई सय सातलाई विभूषण हुने जनाउनुभएको छ ।

यस्तै अलङ्कारतर्फ राष्ट्र यशोवर्द्धक १०, परम पौरख भास्कर दुई, नेपाल प्रताप सुभूषण ३८, नेपाल सेवा प्रवीण २३, अतिपौरख भाष्कर आठ, नेपाल प्रताप आभूषण १९, समाजसेवा रत्न ३८, महापौरख भाष्कर १८ र नेपाल प्रताप भूषण २३ जनालाई प्रदान गरिनेछ ।

पदकतर्फ राष्ट्रसेवा पदक प्रथम श्रेणी छ, शिक्षाज्योति पदक १८, सगरमाथा पदक १३, सुकीर्ति पदक १२, वीरता पदक आठ, सौर्य पदक एक, प्राकृतिक प्रकोप पीडितोद्धार पदक सात, विकास रत्न पदक १६ जनालाई दिने घोषणा गरिएको छ ।

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/५/३१ गतेको सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा देहाय बमोजिमका विभूषण प्रदान गर्नु भएको छ ।

विभूषणको प्रकारसंख्या
मानपदवी
१.नेपाल रत्‍न
२.राष्ट्र गौरव
३.सुप्रसिद्ध प्रबल नसेवाश्री
४.प्रसिद्ध प्रबल जनसेवाश्री१४
५.सुकीर्तिमय राष्ट्रदीप१७
६.सुप्रबल जनसेवाश्री१६५
७.कीर्तिमय राष्ट्रदीप
८.प्रबल जनसेवाश्री३२२
९.राष्ट्रदीप
१०.जनसेवाश्री२०७
अलङ्कार
१.राष्ट्र यशोवर्द्धक१०
२.परम पौरख भास्कर
३.नेपाल प्रताप सुभूषण३८
४.नेपाल सेवा प्रवीण२३
५.अतिपौरख भाष्कर
६.नेपाल प्रताप आभूषण१९
७.समाजसेवा रत्न३८
८.महा पौरख भाष्कर१८
९.नेपाल प्रताप भूषण२३
पदक
१.राष्ट्रसेवा पदक प्रथम श्रेणी
२.शिक्षाज्योति पदक१८
३.सगरमाथा पदक१३
४.सुकीर्ति पदक१२
५.वीरता पदक
६.सौर्य पदक
७.प्राकृतिक प्रकोप पीडितोद्धार पदक
८.विकास रत्‍न पदक१६
कुल जम्मा९९८

२०७९ साल असोज ३ गते सोमबार ।

(सागर आचार्य)

प्रवक्ता

001 %E0%A4%B5%E0%A4%BF%E0%A4%AD%E0%A5%82%E0%A4%B7%E0%A4%A3 %E0%A4%B5%E0%A4%BF%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%AA%E0%A5%8D%E0%A4%A4%E0%A4%BF 2079 scaled
002 %E0%A4%B5%E0%A4%BF%E0%A4%AD%E0%A5%82%E0%A4%B7%E0%A4%A3 %E0%A4%B5%E0%A4%BF%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%AA%E0%A5%8D%E0%A4%A4%E0%A4%BF 2079 scaled
suchana