२१ आश्विन २०७९, शुक्रबार

दिवंगत बेलायती महारानी एलिजाबेथ द्वितीयको आज अन्तेष्टि

elizabeth

गत साता निधनभएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्यष्टि आज हुने भएको छ ।

महारानी एलिजाबेथको एक घण्टा लामो राजकीय अन्त्येष्टि आज लन्डनको वेस्टमिन्स्टर एबेमा हुनेछ ।

विश्व नेता, बेलायतको शाही परिवार, यसका राजनीतिक अभिजात वर्ग र सेना, न्यायपालिका र परोपकारी संस्थाका सदस्यहरू अन्त्येष्टिमा सामेल हुनेछन् ।

महारानी एलिजाबेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि चाल्र्स तृतीय बलायतको नयाँ राजा बनेका छन् ।