८ आश्विन २०७९, शनिबार

अवैधानिकरुपमा नेपालबाट निकासी हुँदै गरेको ८० कार्टुन मदिरा बरामद

alcohol

अवैधानिकरुपमा नेपालबाट भारततर्फ लैजादै गरेको मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतिय नम्बर प्लेटको गाडी स्कारपियोमा ८० कार्टुन गौरव लेखिएको सोफी मदिरा आज प्रहरीले नियन्त्रण लिएको हो ।

महोत्तरी स्थित मनरासिस्वा नगरपालिकाको भारतको दशगजा क्षेत्रमा पर्ने बथनाहा बोर्डर हुँदै BR30 B3372 नम्बरको गाडीमा राखी लैजादै  गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीको अनुसार स्कारपियो गाडी १७ लाख ७२ हजार र ७२ हजार बराबरको मदिरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैइरहेको छ ।