१३ बैशाख २०८१, बिहीबार

सिलढुंङ्गा युवा क्लबले राख्यो दशैंलक्षित बृहत सांस्कृतिक कार्यक्रम, यी कलाकारको सहभागिता हुने

Kalakar press meet

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–५ स्थित् सिलढुंगा युवा क्लबले यही असोज १७ गते बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो ।

लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाको प्रमुख आतिथ्य र उप–प्रमुख मिठुदेबी लामा विशिष्ट अतिथि रहने कार्यक्रममा प्रख्याँत कलाकारहरुको उपस्थिति रहने जनाईएको छ भने कार्यक्रमको अध्यक्षता क्बलको अध्यक्ष दिपेश श्रेष्ठले गर्नेछन् ।

उक्त क्लबकाअनुसार समुद्घाटन तथा बृहत सांस्कृतिक कार्यक्रममा हाँस्यकलाकार सन्दिप क्षेत्री, गायकहरु बाबु बोगटी, प्रेम लोप्चन, नायक अजय श्रेष्ठ, कलाकारहरु केदार घिमिरे, सीता घिमिरे (चन्द्रमुखी), शसिकला मोक्तान, बिनु शाक्य, सरोज लामिछाने, सिर्जना खत्री हाउडेमाया, सीमा भण्डारी, उषा पाख्रिन, सुनिता पाख्रिन, रबिन्द्र दर्नाल, अनिता बस्नेत (मास्टर्नी) लगायतका थुप्रै कलाकारको उपस्थिति रहनेछ ।

हाँस्यकलाकार सन्दिप क्षेत्रीले कोभिडको महामारीपछि क्लबले दशैंको अवसरमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेकोमा धन्यवाद दिँदै सफलताको शुभकामना दिए । उनले समय मिलेसम्म कार्यक्रममा सहभागी हुने पनि प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रमको संयोजन गरेका नायक अजय श्रेष्ठले सिलुढुंङ्गा काठमाडौंबाट १ सय किलोमिटर हुँदा पनि दुर्गम क्षेत्र भनेर नाम लिनुपर्दा दुःख लागेको सुनाए । पछिल्लो समयमा कुनैपनि ठाउँविशेषलाई माथि पुर्याउन मिडियाको हात हुने उनको भनाइ थियो । अहिलेको आवश्यकता मिडिया भएको उनले बताए । मिडियामार्फत कार्यक्रमको जानकारी गराएमा सम्बन्धित स्थानसम्म पुग्ने विश्वास व्यक्त गरे ।

क्लब भर्खरै दर्ता गरेको उल्लेख गर्दै कार्यक्रमको मुख्य उद्देश्य स्थानीय नेताहरुलाई एकैस्थानमा जुटाएर बृहत्त छलफल गर्ने रहेको बताए । ‘आफ्नो ठाउँ आँफै बनाऔं’ नारासहित कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताए ।

आफुले फिल्म उद्योगमा १८ वर्ष बिताएको स्मरण गराउँदै उनले सिलुढुंङ्गा प्राकृतिक हिसाबले राम्रो भएपनि विकास हुन नसकेको भन्दै दुःखेसो पोखे ।

यसैगरी, नवगठित क्लबका अध्यक्ष दिपेश श्रेष्ठले आगामी असोज १७ गते बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिए । कार्यक्रमको उद्देश्य सिलढुंङ्गाको बारेमा आम मानिसलाई जानकारी दिने रहेको उनले स्पष्ट पारे । उनले कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह गरे ।

त्यस्तै, गायक प्रेम लोप्चनले क्लबको समुद्घाटनका कार्यक्रम भएपनि मनोरञ्जनका साथै हाँस्यव्यंग्य कार्यक्रम पनि हुने बताए ।

कलाकार सरोज लामिछानेले कार्यक्रमको सफलताको शुभकामना दिँदै क्लबलाई आफ्नो सहयोग रहने पनि स्पष्ट पारे ।

    सम्बन्धित समाचार...