६ बैशाख २०८१, बिहीबार

महिला साफको पहिलो उपाधिको पर्खाइमा नेपाल

307579045 388834840075674 4896254019798810685 n

सेमिफाइनलमा भारतलाई एक शुन्य गोलले पराजित गर्दै इतिहास रचेको महिला टिम प्रसन्न मद्रामा फाइनलको तयारीमा छ । साफमा यसअघिका पाँचमध्ये चार संस्करणमा फाइनलमा भारतसँग हारेपछि नेपाल उपाधिबाट बञ्चित भएको थियो ।

२०१० देखि सुरु भएको साफको १२ वर्षे इतिहासमा नेपालले यस पटक कीर्तिमानी खेल प्रदर्शन गर्दै भारतलाई हराएर उपाधिको प्रतिक्षामा छ ।

भारतविरुद्ध सशक्त खेल प्रदर्शन गरेका खेलाडी र गोल गर्न सफल रस्मीकुमारी घिसिङ टिमको मनोबल उच्च भएको बताउाछन् ।

२०१९ मा भुवनेश्वरमा भएको हिरो गोल्डकपमा नेपालले भारतलाई २-१ ले पराजित गरे पनि साफको इतिहासमा भने हराउन सकेको थिएन । तर, अहिलेको नतिजासागै खेलाडीमा फाइनल जित्ने मनोबल उच्च छ ।

घरेलु मैदानमा साफ खेलिरहेको नेपालले ११ गोल गर्दा गोल खाएको छैन । फाइनलको प्रतिस्पर्धी बंगलादेशले पनि गोल खाएको छैन भने २० गोल गरिसकेको छ । प्रदर्शनको हिसावले बंगलादेश केही बलियो देखिए पनि घरेलु मैदानमा नेपाली टिम प्रमुख दाबेदार हो ।

त्यसो त अस्वस्थताका कारण सेमिफाइनल र समुह चरणको अन्तिम खेल गुमाएकी नेपाली टिमकी स्ट्राइकर साबित्रा भण्डारीले पनि फाइनल खेल्ने भएकी छन् । यसले नेपाली टोलीलाई अझ बलियो बनाएको छ ।

साफ महिला च्याम्पियनसिपमा बंगलादेशको यो दोस्रो फाइनल यात्रा हो भने नेपाल पाँचौं पटक फाइनल खेल्दैछ । यी दुबै टिमले भारतसाग हारेपछि उपाधिको मौका गुमाएका थिए ।

अब यो संस्करणमा भने साफले नयाँ विजेता पाउने छ । तर, इतिहास नेपालको पक्षमा छ । महिला साफमा नेपाल बंगलादेशसँग अहिलेसम्म पराजित भएको छैन ।