७ बैशाख २०८१, शुक्रबार

अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ

arest

लालबन्दी नगरपालिका–१ स्थित सडकबाट ५ केजी अवैध लागूऔषध गाँजासहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धनुषा सबैला नगरपालिका–१२ बस्ने ४१ वर्षीय बिनोद महरा र ४२ वर्षीय राजाराम कापर रहेका छन् । 

प्र.२–०२–००५ प २२०६ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित समाचार...