७ बैशाख २०८१, शुक्रबार

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ प्रतिशतले घट्यो

rastra bank

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ प्रतिशतले घटेको जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १.६ प्रतिशतले घटेको थियो । 

वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८.६ प्रतिशतले बढेको छ । 

२०७९ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.२ प्रतिशत, २६.९ प्रतिशत र ५८.८ प्रतिशत रहेको छ । 

अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.८ प्रतिशत, ३४.३ प्रतिशत र ४९.५ प्रतिशत रहेको थियो । 

२०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७.४ प्रतिशत रहेको छ । २०७८ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४१.४ प्रतिशत रहेको थियो ।

कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घट्यो

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घटेको बताएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.३ प्रतिशतले घटेको थियो । 

वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा यस्तो कर्जा १३.७ प्रतिशतले बढेको छ । 

गत साउन महिनामा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १.६ प्रतिशतले बढेको थियो । 

वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १२.१ प्रतिशतले बढेको छ ।

    सम्बन्धित समाचार...