७ बैशाख २०८१, शुक्रबार

असोज ४ मा सिट बाँडफाँट टुंग्याउने गठबन्धनबीच समझदारी

gathabandhan

सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेश गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँट टुंग्याउने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर क्षेत्र (सिट) बाँडफाट टुंगो लगाउने समझदारी बनेको छ ।

सहमति जुट्न नसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छोड्ने चेतावनी यसअघि नै दिनुभएको थियो ।

तर, मल्लले भने निर्वाचन क्षेत्र बाडफाँटका बारेमा गठबन्धन दलबीच सकारात्मक दिशामा छलफल भइरहेको बताउनुभयो ।

माओवादी पार्टी पदाधिकारीको बुधबारको बैठकले अनुशासन आयोगका अध्यक्ष टङ्क राईको नेतृत्वमा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदनबारे प्रारम्भिक छलफल भएको जनाइएको छ ।