१४ बैशाख २०८१, शुक्रबार

उपविजेतामै सीमित नेपाल

nepal india

नेपालविरुद्ध सहज जितसँगै भारतले यु १७ साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

बुधबार रोसकोर्स अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सम्पन्न खेलमा भारतले नेपाललाई ४–० ले पराजित गर्यो ।

कप्तान प्रशान्त लक्ष्मण रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको नेपालबिरुद्द भारतले सहज जित निकाल्यो ।

भारतको जितमा बबी सिंह, कोरोउ सिंह, थाग्लालसोनु गाग्टे र अमनले गोल गरे ।

खेलको १७औं मिनेटमा बबीको गोलबाट भारतले अग्रता बनाएको थियो । ३०औं मिनेटमा कोरोउ सिंहले भारतको अग्रतालाई दोब्बर पारे । यस्तै, ६२औं मिनेटमा गाग्टेले भारतका लागि तेस्रो गोल गरे । इन्जुरी समयमा अमनले गोल गर्दै भारतको सहज जित निश्चित गरे ।

खेलको ३८औं मिनेटमा भारतीय खेलाडीलाई धकेलेपछि नेपालका कप्तान लक्ष्मणले सोझै रातो कार्डको दर्शन गरेसँगै नेपाल १० खेलाडीमा समेटिएको थियो ।

यसअघि समूह चरणको खेलमा नेपालले भुटानलाई २–१ ले र दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो । नेपालले सेमिफाइनलमा घरेलु टिम श्रीलंकालाई ६–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

    सम्बन्धित समाचार...