१६ चैत्र २०८०, शुक्रबार

किन विश्वस्त छैनन् नेताहरु गठबन्धनप्रति ?

gathabandhan

सत्ताघटक दलहरु यति वेला सिट वाँडफाडको रस्साकस्सीमा छन् । विगतको निर्वाचमा जितको आधारमा सिट बाडफाड हुनुपर्ने कुराले एकै स्थानमा तीन दलसम्मको दावी परेपछि भागवण्डाको विषय पेचिलो बनेको छ ।

निर्वाचन अघि तालमेल गरेर गैर लोकतान्त्रिककार्य गरेको आक्षेप खेप्दै आएको सत्ता गठबन्धनलाई एकपछि अर्को चुनौतीले घेरेको छ । अहिले प्रत्यक्ष तर्फको सिट बाडफाड टुङ्गो लगाउन नसकेर समानुपातिकतर्फ लागेका उनीहरुलाई कसरी गठबन्धन फलिफापयुक्त बनाउने भन्ने चिन्ता देखिन थालेको छ ।

यसै पनि विचार र सिद्धान्त नमिल्ने वाम लोकतान्त्रिक गठबन्धनमा एकलाई अर्को पार्टीको भोट आउने सम्भावनाकम रहेको विश्लेषणका वीच गठबन्धनको प्रभाव तल्लोतहसम्म पुर्याउने वातावरण निर्माण कार्य सकस देखिएको छ । यहि कारण अहिले कांग्रेस आफूलाई उम्मेद्धार शून्यको अवस्था बनाए तालमेलको सहि नतिजान आउने बताईसरहेको छ । २०७४ को मतपरिणाम अनुसार सिट बाड्दा विगतमा कांग्रेसलाई जितेर माओवादीले जित निकालेको क्षेत्र अहिले पनि माओवादीकै भागमा पर्ने छ ।

यदि त्यसो भए दुई दुई पटक माओवादीलाई वैतरणी मात्रतार्ने काम कांग्रेस कार्यकर्ताले गर्छन भन्नेमा कांग्रेसी नेताहरु नै विश्वस्त छैनन् । अर्कातर्फ स्थानीयतहको मत परिणाममा समेत कांग्रेसलाई जति फाइदा अन्य घटकलाई नभएको नजिरले अरु दलहरु शंशकित छन् । यहि कारण गठबन्धनकै धरातलमा यो सरकार बनेको र गठबन्धनको सबैभन्दा बढि फाईदा आफ्नो दललाई भएको भन्दै कांग्रेस नेताहरुले गठबन्धन विरोधी कुनै गतिविधि नगर्न निर्देशन दिदै आएका छन् ।

यता राजनीतिक विश्लेषकहरु भने अव कसैलाई पटक पटक प्रधानमन्त्री हुनमा आम मतदाताको भोट प्रयोग हुन नहुने बताउछन् । अव नेतृत्वको परिवर्तनको आवश्यकता रहेको बताउने उनीहरु नेताहरुले मतदातालाई दास सम्झिने गरेको तर्क गर्छन। भागवण्डा गर्ने र गठबन्धन मार्फत भोट बटुलेर सत्तारोहण गर्ने आत्मविश्वास समेत यसैको उपजका रुपमालिन सकिने वर्तमान अवस्थामा आस्थालाई दास बनाउने विरुद्ध परिवर्तनको विगुल फुक्नु पर्ने उनीहरुको भनाई छ ।

गठबन्धनप्रति सत्ताघटक दलकै नेताहरुको आशंका र वुद्धिजिवीहरु परिवर्तनकालागि दिईरहेको सन्देशले दलहरुलाई कति संकट छ भन्ने अनुमान लगाउन सकिन्छ । अंकगणितिय रुपमा हेर्ने हो भने पनि विगतको निर्वाचनमा दोश्रो शक्ती कांग्रेस बनेको थियो । यसको अर्थ थोरै मतमात्र अरु दललको पाएपनि उसको जित कसैले रोक्न सक्दैन । तर अन्य घटक दलहरुमा भने कोहि पहिलो चोटि चुनाव लड्दै छन भने केहि विगतमा तेश्रो शक्तीका रुपमा रहेका थिए । जहाँ उनीको जितकालागि कांग्रेसको ठुलै मतप्राप्त गनुपर्ने हुन्छ ।

यसर्थ कांग्रेस भित्र विद्रोह हुने अवस्था तथा गठबन्धनको ईमान्दार पालना नहुने अवस्था आए त्यसको मारमा साना घटक दलहरु पर्ने छन । त्यस्तै स्थायी पाँचबर्षे सरकारका लागि तालमेल आवश्यक रहेको भन्दै चुनाव लड्न लागेका उनीहरुले न्यूनतम साझा साधारण र कस्को सरकार भन्ने टुङ्गो समेत नलागएकोले मतदाता विश्वास गर्ने आधार पनि कम छ । तर माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने सिंगो गठबन्धन नै एक भएर चुनाव लड्न लागेकोले यो अवस्था नआउने बताउछन् ।

यसको अर्थ सत्ता गठबन्धनले भोट नपाउला भन्ने चिन्ता हैन । न त गठबन्धनले हारे देशनै सकिन्छ भन्ने चिन्ता नै हो । तर सिट बाडफाडमै रस्साकस्सी भईरहेको अवस्थामा प्रतिफलयुक्त गठबन्धन बनाउने र न्यायोचित भागवण्डा गर्ने काम फलामको च्यूरा चपाउनु सरह हुने निश्चित छ ।