११ बैशाख २०८१, मंगलवार

निमोनियाले सिकिस्त बालकलाई आर्थिक सहयोग

help for ill child rewan khotang

निमोनियाले सिकिस्त बिरामी भएपछि अस्पताल पुर्‍याइएका बालकलाई आर्थिक सहयोग जुटेको छ ।

बिरामी परेपछि शुभेच्छुक तथा जिल्ला अस्पतालको सहयोगमा कान्तिबाल अस्पताल पुर्‍याइएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका १६ महिने बालक रेवन राईलाई ६२ हजार ३०० रुपैयाँ सहयोग जुटेको हो ।

पत्रकार कृष्णकला राईको पहलमा ६ दाताबाट २२ हजार ३०० सहयोग जुटेको हो । संकलित रकम किशोर राईको नाममा आइएमई गरेर पठाइएको पत्रकार राईले बताईन् ।

यस्तै, प्रतिनिधिसभा सांसद हिरा गुरुङले १ हजार, कांग्रेस केन्द्रीय सदस्य सरस्वती बजीमयले ३ हजार, साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले १ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले १० हजार, कांग्रेस नेता धर्मराज पोखरेलले ४ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका निवर्तमान गाउँपालिका उपाध्यक्ष सपना राईले ३ हजार र दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका वडाध्यक्ष भूपेन्द्र बस्नेतले १० हजार गरी ४० हजार सहयोग जुटेको छ ।

दलका नेता, जनप्रतिनिधि एबं समाजसेबीले सोमबार अस्पतालमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । हाल दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा बस्दैआएका रोजन राई र मनिला राईको दोश्रो सन्तान रेवनलाई आइतबार राति कान्तिबाल अस्पताल लगिएको थियो ।

श्वास फेर्न गार्‍हो भएपछि र औषधिले स्वास्थ्यमा सुधार नभएपछि अस्पतालले बालकलाई तत्काल अन्यत्र लैजान रिफर गरेको थियो । आर्थिक अभावमा दिनभर जिल्ला अस्पतालमै अल्झिएका बालकलाई राति काठमाडौं पठाइएको हो ।

    सम्बन्धित समाचार...