१३ बैशाख २०८१, बिहीबार

कुन वर्ष कति जनाले ज्यान गुमाए वैदेशिक रोजगारीमा ?

death

रोजगारी खोज्दै विदेशी भूमिमा पुगेका नेपालीको निधन हुने संख्या बढ्दो छ ।

वैदेशिक रोजगार वोर्डक अनुसार पछिल्लो चौध वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा १० हजार ९३२ जनाको निधन भएको छ ।

उक्त अवधिमा सबैभन्दा बढीको निधन गत आर्थिक वर्ष २०७८/७९ मा भएको थियो । गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएका १ हजार ४७९ जनाले ज्यान गुमाएका थिए ।

आर्थिक वर्ष २०६५/६६ मा वैदेशिक रोजगारीमा गएकामध्ये ७८ जनाको निधन भएको थियो । आर्थिक वर्ष २०६६/६७ यो संख्या ४२१ रहेको थियो ।

वोर्डका अनुसार आर्थिक वर्ष २०६७/६८ मा ५६४ जना, २०६८/६९ मा ६४७ जना, २०६९/७० मा ७७२ जना, २०७०/७१ मा ८७७ जना, २०७१/७२ मा १ हजार ६ जना र २०७२/७३ मा ८२६ जनाको निधन वैदेशिक रोजगारीको सिलसिलामा भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ७५८ जना, २०७४/७५ मा ८२६ जना, २०७५/७६ मा ७६३ जना, २०७६/७७ मा ६७२ जना, २०७७/७८ मा १ हजार २४३ जना र २०७८/७९ मा १ हजार ४७९ जनाको निधन भएको वोर्डले जनाएको छ ।

बितेको चौध वर्षमा ५० लाखभन्दा बढी नेपाली वैध तरिकाले वैदेशिक रोजगारीमा गएका छन् ।