१२ बैशाख २०८१, बुधबार

चाल्र्स तृतीय ‘रिसाएको’ भिडियो भाइरल

charles third

नयाँ राजालाई आधिकारिक रूपमा राजा घोषणा गर्ने समारोहमा शाही सहयोगीसँग  ‘रिसाएको’ राजा चाल्र्स तृतीयको  भिडियो इन्टरनेटमा भाइरल भएको छ ।

बिहीबार महारानी एलिजाबेथ द्वितीयको निधनपछि, एक्सेन्सन काउन्सिलले शनिबार राजा चाल्र्सलाई आधिकारिक उत्तराधिकारी घोषणा ग¥यो ।

यद्यपि, उत्तराधिकारी घोषणामा हस्ताक्षर गर्नुअघि राजाले कागजातहरूमा आफ्नो नाम लेख्नअघि डेस्क खाली गर्न सहयोगीलाई रिसाउँदै इसारा गरेका थिए ।

क्लिपमा राजा चाल्र्स सानो डेस्कमा पेन बक्स र मसी दुवै भएकोमा निराश देखिन्थे । उनले सहयोगीलाई डेस्क खाली गरेर सामानहरु पुनः व्यवस्थित गर्न  इशारा गरेका थिए ।

कागजातहरू राखेपछि राजा चाल्र्सले फेरि एक सहयोगीलाई टेबुलबाट पेन बक्स हटाउन संकेत गरेका थिए । त्यसपछि उनले एतिहासिक दस्तावेजमा हस्ताक्षर गरेका थिए ।

चाल्र्स तृतीयको बेलायती संसदमा पहिलो सम्बोधन

चाल्र्स तृतीयले सोमबार पहिलो पटक बेलायतको संसदलाई सम्बोधन गरेका छन् । सेन्ट जेम्स प्यालेसबाट गरेको आफ्नो सम्बोधनमा उनले आफ्नी स्वर्गीय माता महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

सम्बोधनका क्रममा महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘महान विरासत, सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारी’ आफुमा हस्तान्तरण गरिएको राजा चाल्र्सले संसदलाई दिए ।

बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चाल्र्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको थियो । महारानीको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।

    सम्बन्धित समाचार...