१४ बैशाख २०८१, शुक्रबार

अझै सहमतिमा पुग्न सकेन तालमेलका लागि पाँचदलीय गठबन्धन, फेरि छलफलमा शीर्ष नेताहरू

gathabandhan

सत्तारूढ पाँचदलीय गठबन्धन मंसिर ४ का लागि तोकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलका लागि सिट बाँडफाँटमा अझै सहमतिमा पुग्न सकेको छैन।

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू निरन्तर प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटे पनि अझै संख्यामा सहमतिमा पुग्न नसकेका हुन्।

मधेस प्रदेशका साथै अन्य प्रदेशका केही प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचन क्षेत्रमा गठबन्धनका दलहरूको समान दाबी हुँदा सहमतिमा पुग्न सकस परेको हो।

सोमबार पनि दुई पक्षीय र बहुपक्षीय छलफलमा जुटेका पाँच दलका शीर्ष नेताहरू मंगलबार दिउँसो ३ बजे फेरि छलफलमा जुट्ने भएका छन्।