१५ चैत्र २०८०, बिहीबार

सहमति भएन आज पनि सत्ता गठबन्धनको बैठकमा

satta gathabandhan
फाइल फोटो

सत्ता गठबन्धनका शीर्ष नेताहरुको आजको बैंठकले पनि सिट बाँडफाँटको टुँगो लगाउन सकेन ।

विहानैदेखि प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले सिट बाँडफाँट टुँगो लगाउन नसकेको हो ।

यसअघि सिट बाँडफाँट कार्यदलले दिएको प्रतिवेदनको विषयमा छलफल भएको थियो ।

आजको बैठक सहमतिको नजिक पुगेको भनिएपनि सहमति भने नभएको बैठकमा सहभागी सञ्चारमन्त्रीसमेत रहेका सिट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनकाअनुसार एउटै सिटमा धेरै दलको दाबी छ । तर, गठबन्धनको मुख्य घटक नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भने आज राति अवरेसम्म भएपनि सहमति हुने विश्वास दिलाए ।