१३ बैशाख २०८१, बिहीबार

सहमति खोज्न गठबन्धनका शीर्ष नेताहरू पुनः छलफलमा

gathabandhan

सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनका शीर्ष नेताहरू आज पनि छलफलमा जुट्ने भएका छन्।

सोमबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष तहका नेताहरू सहभागी हुनेछन्।

सत्ता गठबन्धनबीच आगामी निर्वाचनमा तालमेल गरेर जाने विषयमा औपचारिक सहमति भए पनि कसले कति सिट लिने भन्नेमा सहमति हुन सकेको छैन ।

११ सदस्यीय कार्यदल बनाएर सिट बाँडफाँटबारे एक महिना छलफल गरे पनि सिट बाँडफाँटबारे सहमति हुन नसकेपछि सहमति खोज्ने जिम्मा शीर्ष तहका नेतालाई नै दिइएको छ ।

गठबन्धनका नेताहरूबीच आइतबार पनि चार घन्टा छलफल भएको थियो । आइतवारको छलफलमा कतिपय विषय टुंगिएको र कतिपय विषयहरू छलफल गरी टुंग्याउनुपर्ने देखिएकोले आज पनि बैठक गर्न लागिएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताउनुभयो ।