१२ आश्विन २०७९, बुधबार

मानवीय संकटको खतरा पाकिस्तानमा: डब्लूएचओ

Pakistan 1

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो ।

एक दशकयताकै ठूलो बाढीले सयौ घर बगाएको छ भने सडक खण्ड भत्एिका छन् । त्यस्तै बाढीले लाखौँ हेक्टर भूभागमा लगाएको बालीनाली नष्ट भएको छ ।

अधिकांश भूभाग जलमग्न छ । बाढीले ठूलो महासागर बनेको छ ।  बाढीले अकल्पनीय संकट ल्याएको छ । जुनदेखि सुरु भएको वर्षा सिजनमा अहिलेसम्म १२ सय जना बढीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् । 

बाढीले ३ करोड ३० लाख पाकिस्तानी प्रभावित भएका छन् । देशको उत्तरी स्वात उपत्यकामा बाढीले पुल, सडक बगाउँदा  दर्जनौ गाउँसँगको सम्पर्क टुटेको छ ।  पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसलाई त्यहाँबाट सुरक्षित क्षेत्रतर्फ जान भनिएको छ । 

यस वर्षको कीर्तिमानी मनुसनलाई सन् २०१० को विनाशकारी बाढीसँग तुलना गरिएको छ । उक्त बाढीमा २ हजार जनाको निधन भएको थियो ।

देशको करिब आधा कपास बाली बगेको र तरकारी, फलफूल र धान खेतीमा ठूलो क्षति भएको उनले बताए । बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।