१२ आश्विन २०७९, बुधबार

सम्पर्कविहीन भए पाँच दिनदेखि कस्मेटिक संघका संस्थापक अध्यक्ष पौडेल

305468918 3307648799521199 3807424982001872450 n

नेपाल कस्मेटिक संघका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद पौडेल पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । गत १८ भदौमा बेलुका ९ बजे घर आउँदैछु भनेर सम्पर्क गरेयता उनी बेपत्ता भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै नेपाल कस्मेटिक संघले जनाएको छ ।

शनिबार रातिसम्म घर नआएपछि परिवारका सदस्यले फोन गर्दा सम्पर्क हुन नसकेको संघले जनाएको छ । संघका अध्यक्ष ऋषिकेश तिमल्सिनाले पौडेलको मोबाइल लोकेसन मुग्लिन–कुरिनटारको बीचमा ट्रयाक भएको छ । पौडेलकी पत्नीले आइतबार बिहान सामाखुसीस्थित प्रहरी वृत्तमा खोजीका लागि निवेदन दिएपछि प्रहरीले मोबाइल लोकेसन ट्रयाक गरेको थियो ।

संघका अध्यक्ष तिमल्सिनाले पौडेलसँग को को थिए भन्ने समेत नखुलेको बताए । ‘हामीले धेरै प्रयास गरेका छौं, तर अहिलेसम्म केही सूचना आएको छैन,’ उनले भने ।

    सम्बन्धित समाचार...