१६ चैत्र २०८०, शुक्रबार

तीन जनाको नाम सिफारिस सर्वोच्चको न्यायाधीशमा

suprem court

सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

न्याय परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका मुख्‍य न्यायाधीश निता गौतम दीक्षित, र उच्च अदालतका कायम मुख्य न्यायाधीश विनोद शर्मा गौतम र वरिष्ठ अधिवक्तासमेत रहेका प्राध्यपाक डीएन पराजुलीको नाम सिफारिस भएको हो ।

हाल सर्वोच्च अदालतमा दुई न्यायाधीशको पद रिक्त छ । एक महिना पछि रिक्त हुने पदका लागि पनि सिफारिस गर्न सकिने कानुनी व्यवस्था अनुसार हाल तीनजनाको नाम सिफारिस गरिएको हो ।

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आगामी असोज १६ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाशमा जान लाग्नुभएको छ । उहाँको स्थानमा समेत पदपूर्ति गर्ने गरी सिफारिस गरिएको छ ।