११ बैशाख २०८१, मंगलवार

संखुवासभामा बढ्यो चुनावी चहलपहल

Capture

संखुवासभामा प्रतिनिधिसभाको एउटा र प्रदेशसभाको दुई निर्वाचन क्षेत्र छ ।

कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी हरेकले प्रत्यक्षमा १२ जनाभन्दा बढी र समानुपातिकमा ३६ जनाभन्दा बढी उम्मेदवारका आकांक्षीको नाम केन्द्रलाई सिफारिस गरेर पठाएका छन् । अन्य साना दल पनि नाम सिफारिसमा जुटेका छन् ।

पार्टीले सूची केन्द्रमा पठाएपछि उम्मेदवारका आकांक्षी टिकटका लागि राजधानी धाउन थालेका छन् । कांग्रेस र एमालेका जिल्ला समितिहरुले तीन दशकदेखि जिल्लामा क्रियाशील नेताका साथै नयाा अनुहारको नाम पनि सिफारिस गरेका छन् ।

अधिकांश राजनीतिक दलले प्रत्यक्ष र समानुपातिकका लागि सिफारिस गरिसकेकाले अब कस-कसको नाम छनोट हुन्छ भन्ने चासो र चर्चा मतदाताबीच चल्न थालेको छ ।