११ बैशाख २०८१, मंगलवार

आठ जनाको नाम सिफारिस बारा एमालेबाट प्रतिनिधिसभा निर्वाचनकालागि

Yamale Bara

नेकपा एमाले बाराले प्रतिनिधिसभा सदस्यका लागि आठ जनाको नाम सिफारिस गरेको छ । चार निर्वाचन क्षेत्र रहेको जिल्लामा ८ जना उम्मेदवारको नाम सिफारिस गरिएको हो ।

बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पुरुषोत्तम पौडेल, अच्यूत प्रसाद मैनाली र मंजु साहको नाम सिफारिस गरेको छ ।

यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ बलबीर चौधरीको एकल नाम सिफारिस गरेको छ ।

यसैगरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ज्वाला साह, अध्यानन्द पाण्डे र एम समिउल्लाहको नाम सिफारिस गरेको छ ।

यस्तै क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ देवनारायण चौधरीको एकल नाम सिफारिस गरेको छ ।

बैठकले प्रत्यक्षतर्फ एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाई, रामकृष्ण घिमिरे, केवल चौधरी, ढुण्डिराज उप्रेती, त्रिलोकी चौधरी, शिवनारायण चौधरी र जनार्दन चौधरीको नाम सिफारिस गरेको हो भने समानुपातिकमा लीला खनाल लामिछाने, दिलबहादुर लामा, ज्ञानु केसी, पलट चौधरी, गोविन्द पौडेल, शर्मिला केसी, जनक चौधरी र सरिता सापकोटाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

क्षेत्रीय संयोजक रामजी बजगाईँको अध्यक्षतामा भएको बैठकका एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, बारा जिल्ला इन्चार्ज बलवीर चौधरीलगायतका नेताहरूले आगामी मंसिर ४ गते हुने संघीय र संसदीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी तुल्याउनुपर्ने कुरामा जोड दिएका थिए ।

त्यसैगरी संघीय संसदतर्फको उम्मेदवार छनौट गर्न आज कोल्हबीमा पार्टीको अर्को बैठक बस्ने भएको छ । बैठकले बारा क्षेत्र नम्बर १ को लागि पार्टीको तर्फबाट संघीय संसद सदस्यको उम्मेदवारको लागि १ महिलासहित २ पुरुषको नाम सिफारिस गर्ने बताइएको छ ।