१६ चैत्र २०८०, शुक्रबार

कोही संघमा आउने, कोही सिफारिसमै परेनन् एमालेबाट मुख्यमन्त्री भइसकेका नेताहरू

six chife minister uml

नेकपा एमालेबाट मुख्यमन्त्री भएका कोही संघीय संसदमा आउने तयारीमा छन् भने कोही कहीँकतै उम्मेदवारका लागि सिफारिसमै परेनन् । 

बागमन्ती प्रदेशको मुख्यमन्त्री बनेका डोरमणि पौडेल यसपटक कतैबाट पनि चुनाव नउठ्ने देखिएको छ । बागमतीकै मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अहिलेसम्म कुनै पनि निर्वाचन क्षेत्रका लागि सिफारिसमा परेकी छैनन् । 

यसैगरी प्रदेश १ को मुख्यमन्त्री बनेका शेरधन राई र भीम आचार्य पनि चुनावमा उठ्ने नउठ्ने केही टुंगो नलाग्दा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका शंकर पोखरेल संघीय संसदमा आउने तयारीमा छन् । 

एमाले महासचिवसमेत रहेका उनी दाङ क्षेत्र नम्बर २ बाट एकल उम्मेदवार सिफारिस भएका छन् । दाङ– २ नम्बर क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्यमा पोखरेलको एकल नाम सिफारिस गरेको हो । 

यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका एमालेकै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ यसपटक पनि प्रदेशमै रहने तयारी गरेका छन् ।

उनको नाममा लमजुङ प्रदेश ‘ख’ का लागि  सिफारिस भएको छ । यसअघि पनि गुरुङ सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।