१६ चैत्र २०८०, शुक्रबार

लोकसेवाद्धारा २१ परीक्षार्थीलाई कारबाहीमा

Lok sewa aayog

कर्णाली प्रदेश लोकसेवा आयोगले २१ जना विद्यार्थीलाई कारबाही गरेको छ ।  उत्तरपुस्तिकामा  नाम, रोल नम्बर र सम्पर्क नम्बर राखेर परीक्षकलाई प्रभावित पार्न खोज्नेको भन्दै  २१ जना परीक्षार्थीलाई  कारबाही  गरिएको हो ।  

आयोगले गत २१ जेठमा लिएको परीक्षाको उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर, भित्री पृष्टमा नाम, रोल नम्बर लेखेको आयोगले जनाएको छ । 

आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन  इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौं तह र सबईन्जिनियर पदको लागि २१ जेठ ०७९ मा परीक्षा सञ्चालन गरेको थियो ।

२० जनाले भित्री पृष्टमा नाम र रोलनम्बर लेखेको आयोगका शाखा अधिकृत कमलप्रसाद उपाध्यायले जानकारी दिए ।  २० जनालाई एक वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरि कारबाही गरिएको  छ ।

एक जनालाई दुइ वर्षसम्म परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ । उनका अनुसार २१ जनाकै परीक्षा रद्द गरि कारबाही गरिएको छ ।  प्रदेश लोकसेवा आयोग ऐन ०७५ को दफा ६४ को १ ख बमोजिम  कारबाही गर्ने निर्णय गरेको हो ।

    सम्बन्धित समाचार...