१२ बैशाख २०८१, बुधबार

प्रतिष्ठानले किन जोगायो उपचार नै नगर्ने डाक्टरलाई ?

ppipio

अस्पतालको आकस्मिक विभागमा कार्यरत चिकित्सक करण शाहलाई उपचार गर्न नमानेको भन्दै कुटपिट गर्ने एक कर्मचारी निलम्बनमा परेका छन् ।

प्रतिष्ठानको ४ भदौमा बसेको कार्यकारी परिषदकाे बैठकले कर्मचारी धनबहादुर शाहीलाई निलम्बन गरेको हो । उनी ४५ दिनका लागि निलम्बित भएका छन् । तर, ६ वर्षको बालकलाई उपचार नगरी बस्ने डाक्टर करण शाहलाई भने प्रतिष्ठानका उन्मुकत्ति दिएकाे जुम्ली जनताकाे आराेप छ ।

आफ्नो छोरालाई शाहीले २ भदौमा अस्पतालकाे आकस्मिक विभाग उपचारका लागि लगेका थिए । पेट, टाउको दुखेको, ज्वरो आएको भन्दै उनले बालककाे उपचार गरिदिन डाक्टर साहसँग आग्रह गरेका थिए ।

उक्त विषयमा चिकित्सक साहसँग विवाद भएपछि उनले आक्रमण गरेका थिए । तर, शाहीलाई नि निलम्बित गर्ने प्रतिष्ठानले उपचार नै नगर्ने डाक्टर जोगाएको आराेप छ ।

प्रतिष्ठानलाई जुम्ली जनताले प्रश्न गरेका छन्- डाक्टरले जे गर्दा पनि हुन्छ ?  कि प्रतिष्ठानका पदाधिकारी नजिक भएकाले जे गर्न पनि छुट छ ?  डाक्टर शाहलाई पनि प्रतिष्ठान कारवाही गर्नु पर्ने उनीहरूकाे माग छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चिकित्सक करण शाहले चन्दननाथ नगरपालिका-२ भण्डारीवाडाका ६ वर्षीय बालक पृथकविक्रम शाहीलाई उपचार नगरी बाल अधिकार उल्लघंन गरेको निजी विद्यालयको छाता संगठन प्याप्सनले आराेप लगाएकाे छ । 

चिकित्सकविरुद्ध प्रहरीमा उजुरी

डा. शाहले उपचार गर्न आएको बालकलाई उपचार नगरेको आरोेपमा बालकका आमा आसा हमालले जिल्ला प्रहरी कार्यालय जुम्लामा १३ भदौँमा उजुरी दिएकी छिन् ।बालकका बुबा धनबहादुर शाहीले छोरा पृथकविक्रमले पेट दुख्यो भनेपछि उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा लिएर गराएका थिए ।

‘छोराको उपचारका लागि डा शाहसँग बारम्बार अनुरोध गर्दा पनि उनले मानेनन्’, आमा आशाले भनिन् । बच्चाको उपचार नगर्दा डा. शाह र धनबहादुरबीच झगडा भएपछि ओम मनिष पोलिक्लिनिक एण्ड रेफरल सेन्टर प्रालि जुम्लामा उपचार गरिएको उनले बताए ।

६ भदौमा शाहविरुद्ध बाल हिंसाको जाहेरी दरखास्त दर्ता गर्न खोज्दा प्रहरीले नमानेपछि जिल्ला सरकारी वकिल कार्यालय जुम्लामा जाहेरी दरखास्तको सिफारिस मागेको र त्यही अनुसार १० भदौमा  सिफारिस प्राप्त भएको बालकका बाबु धनबहादुरले बताए ।