१६ चैत्र २०८०, शुक्रबार

अपडेट: साढे ८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक खण्ड

muna sadak

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञचालनमा आएको छ। आज दिउँसो साढे २ बजेबाट सडकखण्ड दुईतर्फी सञचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

आज बिहान करिब ६ बजेदेखि नै नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने केराबारीमा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो ।

सडक अवरुद्ध हुँदा सयाैँ सवारी साधनहरु सडकमै रोकिएका थिए। अहिले सडक खुलेसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्।

    सम्बन्धित समाचार...