१३ बैशाख २०८१, बिहीबार

यौन दुर्व्यवहारका घटना बढ्दो अमेरिकी सेनामा

us military

अमेरिकी सेनामा यौन दुर्व्यवहारका घटना गत वर्ष १३ प्रतिशतले बढेको छ । सेना र नौसेनामा दुर्व्यवहारका घटना उल्लेखनीय ढंगले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । एक गोप्य सर्वेक्षणमा सो अवधिमा सेनामा काम गर्ने ३६ हजार जनाले अनावश्यक यौन सम्पर्कको अनुभव गरेका थिए ।

सेनामा यौन दुर्व्यवहारका घटना बढेपछि विज्ञहरूले सेप्टेम्बरको अन्त्यमा अमेरिकाले कम्तीमा १० हजार भर्ती गर्ने लक्ष्य गुमाउने भविष्यवाणी गरेका थिए । युवाहरु आक्रमणको जोखिममा रहने उनीहरूका अभिभावले विश्वास गरेमा  निश्चित रूपमा भर्तीमा प्रभाव पर्न सक्ने बताइन्छ । 

यौन दुव्र्यवहारका घटना नियन्त्रण गर्न अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र सैन्य सेवा संघर्षरत रहे पनि सन् २००६ देखि झन्डै हरेक वर्ष दुर्व्यवहारका घटनामा वृद्धि भइरहेको बताइन्छ ।