१६ चैत्र २०८०, शुक्रबार

बाढीपछि पानीजन्य रोगहरू फैलियो पाकिस्तानमा

pakistan

पाकिस्तानमा बाढीपछि पानीजन्य रोगहरू फैलिएको छ ।

शुरुमा बाढीले धेरैजसो बिरामीलाई आघातमा पारेको भए पनि अहिले देशका बाढी प्रभावित क्षेत्रमा झाडापखाला, छालाको सङ्क्रमण र अन्य पानीजन्य रोगका बिरामी धेरै भेटिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

अहिले उनीहरूको उपचार भइरहेको छ । यस वर्ष मनसुन शुरु भएयता परेको वर्षाका कारण पाकिस्तानको एक तिहाई भूभाग डुबानमा परेको छ । जसका कारण स्वच्छ पिउने पानीको अभाव बढेको छ ।

बाढीले करिब १० लाख घर क्षतिग्रस्त वा नष्ट भएका छन् । जुन महिनाको मध्यदेखिको वर्षाका कारण आएको बाढीमा परेर एक हजार १६२ जनाको मृत्यु भइसकेको छ ।