१६ चैत्र २०८०, शुक्रबार

आरोपै-आरोप लगाए अभियोगको जवाफ दिन पुगेका जबराले

301392843 774874996991541 1960470806083615305 n

जो जहिले पनि प्रश्नको जवाफ दिन कठघरामा उभिनुपर्छ । सधैं इजलासमा प्रश्न गर्ने निलम्बित प्रधानन्यायाधीशले आज महाभियोग सामना गर्दै संसदीय समितिमा जवाफ दिनुपर्‍यो ।

कानूनी राज र विधिको शासन भनेकै यही हो । एक्काइस बुँदे आरोपको जवाफ दिन जानुभएका राणाले आफ्नो बचाउभन्दा बढी अरुलाई आरोप लगाउनु भएको छ ।

बयानका लागि ११ बजे बोलाइएका राणा पुरानै ठाँट र रवाफमा १०ः५५ मै बैठकस्थल पुग्नुभएको थियो । महाभियोग सामना गर्न जाँदै गर्दा पनि राणाको अनुहार पूर्ववत् उज्यालै थियो ।

निर्धारित समयमै बैठक सुरु हुने छेकछन्द नदेखेपछि संसद सचिवालयका कर्मचारीले राणालाई बैठक बस्नेसँगै जोडिएको भवनमा लगेर राखे । ११ बजेको बैठकका लागि समितिका सदस्य बल्ल साढे ११ बजे हलभित्र छिरे । तर, बैठक १२ बजेसम्म पनि सुरु भएन ।

बयान दिने व्यक्ति आएर कुर्दा पनि समितिले चाहीँ बैठकको मापदण्ड नै बनाएको रैनछ । समितिका सदस्य र कर्मचारी मापदण्ड बनाउन थाले । तर, बैठकमा पत्रकारलाई राख्ने कि नराख्ने भन्नेमा विवाद भयो । एमालेबाट प्रतिनिधित्व गर्ने सदस्य राख्नुपर्ने र कांग्रेसका राख्न नहुने पक्षमा उभिए । सदस्यहरुको विवादैबीच पत्रकारलाई निकालियो । र, समितिका सदस्यले १२ः४० पछि राणाविरुद्ध प्रश्नको फायर खोल्न थाले ।

समितिमा राणाले के के भने ?
१– प्रतिनिधिसभाको एउटा अधिवेशनमा महाअभियोग प्रस्ताव दर्ता भएको तर उक्त अधिवेशनले टुंगो नलगाएका कारण सो प्रस्ताव नै अवैध भएको । संसदको सम्मानका लागि मात्र बयान दिन आएको ।

२– आफू पछाडिको न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने उद्देश्यमा महाअभियोग ल्याइएको । प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिका कहिल्यै बलियो नहुने ।

३– न्यायाधीश दीपक कार्कीलाई महत्वाकांक्षा जागेकाले आफूविरुद्ध लागेको । कार्कीलाई प्रधानन्यायाधीश बनाउने चर्चा सुरु भएपछि गुटबन्दी गरेर न्यायाधीश नै आन्दोलनमा उत्रिएको ।

४– २०७८ असार २८ मा शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने र प्रतिनिधिसभाको दोस्रो विघटन रद्द गर्ने फैसलापछि महाभियोग लगाउनुपर्ने कारण के थियो भन्ने प्रश्न ।

५– प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा लिएर सर्वोच्च पुगेका निवेदकले संवैधानिक इजलासमा रहेका अन्य न्यायाधीशलाई आश्वासन दिएको । परमादेशबाट फाइदा लिएको पक्षले किन महाभियोग लगायो भन्ने जिज्ञाषा ।

६– आफूबाहेक प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गर्ने अन्य न्यायाधीशलाई सरकारले पदक दिएको स्मरण । ‘गलत भए पाँचै जना गलत हुन्छ । नेतृत्व सबै कुरा हैन, दण्डित भए सबै दण्डित हुनुपर्दैन ?’ भन्ने राणाको प्रश्न ।

७– नेपाल बारको तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेलले उच्च अदालतको न्यायाधीश मागेको । सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले मुद्दा मिलाइदिनुपर्ने कुरा राखेको ।

८– पूर्वप्रधानन्यायाधीशले संरक्षक हौं भन्दै निर्देशित गर्न खोजेको । कर्मचारीमा अनुकूलता र सरुवा–बढुवामा भाग खोज्ने गरेको । आफूले नदिएकै कारण आन्दोलनमा लागेको ।

बुधबार सोधिएका ४ वटा प्रश्नको जवाफ दिन राणाले करिब साढे ३ घण्टा खर्चिनुभयो । समितिले ४३ वटा प्रश्नको सूचि तयार पारेकाले यही रुपमा प्रश्नोत्तर हुँदा बयान लम्बिने छ । मुख्य सन्दर्भसँग सम्बन्धित सूचिमा रहेका अधिकांश प्रश्नको जवाफ आइसकेको भन्दै समितिका सदस्यले बयान बिहीबार नै सकिन सक्ने औंल्याएका छन् ।

भोलि फेरि लिइने

चोलेन्द्रशमशेर जबरालाई बिहीबार फेरि बयानका लागि बोलाएको छ । बुधबार समितिले जबरासँग चारवटा प्रश्न सोधेको थियो । भोलि फेरि बिहान ११ बजे बयानका लागि बोलाइएको समिति सदस्य मिन विश्वकर्माले जानकारी दिए ।

बुधबारको समिति बैठकमा सांसदहरूले जबरासँग न्यायसम्पादनमा भएका कमीकमजोरीबारे प्रश्न सोधेका थिए । जबरा कडा ढंगले प्रस्तुत भए । उनले आफूविरुद्ध लगाइएको महाअभियोगको औचित्य समाप्त भइसकेको तर संसदको गरिमाको ख्याल गरेर बयानका लागि उपस्थित भएको बताए । 

जबराले आफूलाई हटाएर दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन लागेकोसमेत दाबी गरे । उनले न्यायाधीश हरिकृष्ण कार्कीले स्वार्थ मिलेका मुद्दा मात्र हेर्ने गरेको, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश बनाउन दबाब दिएको, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले न्यायाधीश बन्ने इच्छा देखाएको, शम्भु थापाले न्यायाधीशलाई वकिलले घुस खुवाउँछन् भनेर बोलेको, बारका पूर्वमहासचिव लीलामणि पौडेलले न्यायाधीश बनाइदिन आफूलाई चेम्बरमै आएर भनेको छताछुल्ल पारिदिए ।

महाअभियोग सिफारिस समितिले लिखित र मौखिक गरी जबरासँग ४३ वटा प्रश्नावली तयार पारेको थियो । उनीविरुद्ध गत १ फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।