८ बैशाख २०८१, शनिबार

नागढुंगास्थित चेकप्वाइन्टमा ब्राउन सुगर सहित गुरागाई पक्राउ

aJaYaCa

प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ ग्रामसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुग्लिङ नगरपालिका–९ घर भएका ३० वर्षीय विजय गुरागाई छन् ।

गत १२ भदौमा चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगास्थित चेकप्वाइन्टमा काँकडभित्तादेखि काठमाडौंतर्फ आइरहेको प्र.०२.०३.००१ ख ०३२९ नम्बरको यात्रुबाहक बसमा सवार उनलाई चेकजाँच गर्ने क्रममा लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ ग्रामसहित फेला पारेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गुरागाईउपर लागुऔषध नियन्त्रण ऐन, २०३३ को कसूरमा काठमाडौं जिल्ला अदालतबाट १० को म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित समाचार...