१३ बैशाख २०८१, बिहीबार

देशका विभिन्न स्थानमा बिपद्का ११ घटना, ४ जनाको निधन

bipat pradhikaran

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ११ वटा विपद्का घटना हुदाँ ४ जनाको निधन भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा चार जनाको निधन हुनुका साथैं चार जना घाइते भएका छन्। 

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार चट्याङ, पहिरो, आगलागी, जनावरको आक्रमण र सिलिन्डर विष्फोटको घटना जस्ता कार्य बितेका २४ घन्टामा घटेका हुन । यी सबै ११ घटनाबाट ३७ लाख एक हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

    सम्बन्धित समाचार...