१५ चैत्र २०८०, बिहीबार

कोटेश्वरमा माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठबीच छलफल

madhab narayankaji

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

मंगलबार नेपाल निवास कोटेश्वरमा भएको दुई नेताबीचको भेटमा चुनावी घोषणा पत्र निर्माण र एकता संयोजन समितिमा रहने नेताहरुबारे छलफल भएको बताइएको छ ।

मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एउटै घोषणा पत्र लिएर जान एकीकृत समाजवादी र माओवादीबीच सहमति भएको छ ।

उहाँहरुबीच पछिल्लो राजनीतिबारे समेत छलफल भएको अध्यक्ष नेपाल निकट एक नेताले बताए ।