४ बैशाख २०८१, मंगलवार

‘विस्तृत शान्ति सम्झौता विपरीत भइरहेका तर्क गम्भीर र आपत्तिजनक’

prachanda 2

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौता विपरीत भइरहेका तर्क गम्भीर र आपत्तिजनक रहेको बताउनुभएको छ ।

उपत्यका विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत माओवादीलाई ठेगान लगाउनुपर्छ भन्ने ढंगले तर्क भइरहेको बताउनुभयो ।

उहाँले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमाथि गरिएको तर्क गम्भीर ढंगले आएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौतालाई टुङ्गोमा पुग्न नदिने प्रयत्न भइरहेको बताउनुभयो । उहाँले नागरिकता विधेयकलाई समेत चुनावी एजेन्डा बनाउन अनावश्यक प्रचार भइरहेको बताउनुभयो ।

उहाँले समग्रमा माओवादी केन्द्र बलियो अवस्थामा रहेको भन्दै दृढताका साथ निर्वाचनको तयारीमा लाग्न कार्यकताहरुलाई निर्देशन समेत दिनुभयो ।