८ बैशाख २०८१, शनिबार

मौलिक रुपमै तीज मनाउने चलन बदलिँदै

teej 1

तीजलाई हिन्दू नारीहरुको सबैभन्दा ठूलो पर्व मानिन्छ । यो पर्वमा विवाह गरेका महिला प्रायः माइत जाने चलन छ ।

विगतमा महिलाले घरबाट बल्लतल्ल पाएको विदामा माइती पुगेर ब्रतको अघिल्लो दिन माइतीले नै पकाएर दिएको मिठा परिकार खाने चलन थियो ।

त्यसो त यो चलन अहिले बदलिएको छ । तीज आउनु एक महिना अघिदेखि नै विभिन्न पार्टी प्यालेस, रिसोर्ट र महागा होटलमा पुगेर जुनसुकै बेला पनि दर खान थालिएको छ ।

त्यति मात्र होइन, अहिले विभिन्न कार्यालय, विद्यालय, सहकारीसागै राजनीतिक दलका भ्रातृ संगठनहरुले समेत तीजको दर आयोजना गर्न थालेका छन् ।

विगतमा तीजलाई हिन्दू नारीहरुको पर्वका रुपमा मात्र लिने गरिएको भए पनि अहिले सबै महिलाको साझा पर्व बनेको छ । विगतमा तीजको दर एक दिन र त्यो पनि घरमै खाने चलन रहे पनि अहिले त्यसमा परिवर्तन भएको छ ।

महंगा रिसोर्ट र पार्टी प्यालेसमा तामझामका साथ दर खाने गरिन्छ । त्यति मात्र होइन, भड्किलो प्रचार र देखासिखी गर्ने प्रवृत्ति पनि बढेको छ । हाम्रा चाडपर्वलाई मौलिक रुपमै मनाउन सकिए परम्परा मात्र होइन, मौलिकताको संरक्षणमा समेत सहयोग पुग्ने छ ।