१६ आश्विन २०७९, आईतवार

पचास हजार कित्ता सेयर बिक्री गर्दै नबिल बैंकका संस्थापक

nabil bank

नबिल बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता सेयर बिक्री खुला गरेका छन् । यसमा नबिल बैंककै संस्थापक सेयरधनीले न्यूनतम ४८० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । 

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय तीनधारा विणामार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    सम्बन्धित समाचार...