७ बैशाख २०८१, शुक्रबार

सुरज आर्केड पुग्यो महानगरको टोली

301322480 411959970926388 4532603157516957629 n

काठमाडौं महानगरपालिकाको टोली न्युरोडस्थित सुरज आर्केडमा बनेको अवैध संरचना हटाउन पुगेको छ । आर्केडले पार्किङका लागि अनुमति लिएर त्यस स्थानमा सामान राखिएको छ ।

ती सामान हटाएर पार्किङका लागि खाली गर्न भन्दै महानगरको टोली पुगेपछि सुरज आर्केडका पसल बन्द गरिएका थिए । तर, व्यवसायीले आफूहरुले सामान निकाल्ने बताएपछि महानगर टोलीले तत्कालै निकाल्न निर्देशन दिएको छ । अन्यथा आफूहरुले नै खाली गर्ने महानगर टोलीको भनाइ छ । 

एक सातायता महानगरले अवैध संरचना भत्काउन थालेको छ ।  

    सम्बन्धित समाचार...