७ बैशाख २०८१, शुक्रबार

बैकिङ कसूरमा १५ लाख ८० हजार जरिवाना तोकिएर फरार रहेका युवक पक्राउ

RaRaRaRaRaRa

प्रहरीले बैंकिङ कसूर गरी वैदेशिक रोजगारी गएका एक युवालाई पक्राउ गरेको छ । बेसीसहर नगरपालिका-७ बस्ने २९ वर्षीय नवराज रिमाल पक्राउ परेका हुन्।

विभिन्न बैंकिङ कसूर मुद्दामा लगत कायम भई १७ दिन कैद र १५ लाख ८० हजार भएका रिमाल विदेशबाट आएर लुकिछिपी बस्दै आएको र प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए ।

उनीविरुद्ध उच्च अदालत पाटनबाट पाँचवटा छुट्टाछुट्टै बैंकिङ कसूर मुद्दा दर्ता भई ९ मंसिर २०७६ मंसिरसमेत गरी अन्य विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकेको जिप्रका लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

रिमाललाई जिल्ला अदालत लमजुङबाट शुक्रबारदेखि लागु हुनेगरी कैद भुक्तान र जरिवानाबापतको रकम असुलउपरका लागि कारागार चलान गरिएको जिप्रका लमजुङले जनाएको छ ।

    सम्बन्धित समाचार...