८ बैशाख २०८१, शनिबार

आफू अनुकुल साना दलसँग तालमेल गर्ने एमालेको रणनीति

kp oli
फाइल फोटो

नेकपा एमालेले १ सय ६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम भदौं २२ गतेभित्र पठाउन भनेको हो ।

मंसिर ४ गते हुने निर्वाचन जित्नसक्ने, लोकप्रिय र कानुनी रुपमा योग्य व्यक्ति छान्ने मापदण्ड बनाएको एमालेलाई सत्तारुढ पाँच दलको गठबन्धनसँग प्रतिष्पर्धा गर्न भने सजिलो छैन । त्यसैले पूर्व सहकर्मी नेता कार्यकर्तालाई पार्टीमा बोलाउने र साना दलसँग आफू अनुकुल तालमेल गर्ने एमालेको रणनीति छ ।

२०७४ सालको निर्वाचनपछि २-२ पटक प्रतिनिधिसभा विघटनको सिफारिस गरेको र त्यही कारण फुटेको एमालेले यसपाली जनताबीच जाँदा के मुद्दा लैजान्छ त्यो चासोको विषय छ ।

एमालेले गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अपेक्षित जीत हात पार्न सकेको थिएन। अहिले अध्यक्ष केपी शर्मा ‌ओलीलाई आगामी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ ।

निर्वाचन परिचालन संयन्त्र हेर्दा अध्यक्ष ओली पक्षधर नै हावी देखिन्छ । स्थानीय निर्वाचनको जनमत र सत्ता गठबन्धनको सहकार्य हेर्दा मंसिर ४ गतेको निर्वाचन पनि एमालेका लागि चुनौतिपूर्ण हुनसक्छ।