७ बैशाख २०८१, शुक्रबार

सार्वजनिक सडकलाई प्रयोग गर्दै भाटभटेनी सुपरमार्केट, अन्डरग्राउन्ड रित्तै

302092967 5364786930264823 3334960345252391474 n

पुल्चोकको भाटभटेनी सुपरमार्केटले सार्वजनिक सडकलाई मोटरसाईकल पार्किङका लागि निरन्तर प्रयोग गर्दै आएको छ। तर, भाटभटेनीले आफ्नो पार्किङमा ममः स्टल राखेको छ । तलको अन्डरग्राउन्ड पार्किङ रित्तै राख्ने गरेको छ ।

यो विषयमा भाटभटेनी प्रोप्राइटर मिनबहादुर गुरुङलाई सात–आठ महिनाअघि पत्रमार्फत अवगत गराइएको हिमाल मिडियाका सञ्चालक कनकमणि दीक्षितले जानकारी दिएका छन् । ललितपुर महानगरपालिकाले यसबारे अहिले पनि चासो देखाएका छैनन् । ग्राहकरूको सवारीले सडक जाम हुने गरेको छ ।

भवन निर्माणका बेला ‘प्लीन्थ लेभल’ छेउको सडकभन्दा तीन फिट माथि पु¥याउनु मापदण्डविपरीत भएको र त्यो सर्वसाधारणका लागि खतरापूर्ण रहेको दीक्षित बताउँछन् ।

301959474 5364787923598057 6555881418093327389 n