१४ बैशाख २०८१, शुक्रबार

बजारमा सुनचाँदीको मूल्य बजारमा सात सयले घट्यो

gold

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो । 

अघिल्लो शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार आठ रहेकोमा आज सात सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ छ । गत साताको शुक्रबार प्रतितोला ९५ हजार तीन सय रुपैयाँ रहेको थियो । 

आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । शुक्रबार तोलामा ११ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित समाचार...