७ बैशाख २०८१, शुक्रबार

दुई मोटरसाएकल एकआपसमा ठोक्किदाँ एकको निधन, दुई जना घाइते

accident

जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा शनिबार साँझ दुई मोटरसाएकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने दुई जना घाइते भएका छन् ।

जीतपुरस्थित रातोपुल नजिक सिमराबाट जाँदै गरेको बा ७१ प २९७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको अर्को मोटरसाइकल एकआपसमा ठोक्किँएका थिए ।

दुर्घटनामा परी एक बृद्ध मानिसको निधन भएको छ । उनको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परी गम्भीर घाइते उनको सिमरास्थित अल्पाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको शव वीरगन्ज पठाइएको छ ।

दुर्घटनामा पर्सा जिराभवानीपुर १ का २० वर्षीय मनिषलाल महतो थारु र पर्सागढी ८ का १५ वर्षीय संजीव राउत घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ । उनीहरूको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनालगत्तै बृद्ध सवार मोटरसाइकलका चालक मोटरसाइकल लिएर फरार भएका छन् । दुर्घटनास्थलबाट जीतपुरस्थित सशस्त्र प्रहरीको टोलीले तीन जना घाइतेलाई उद्धार गरी अस्पताल ल्याएको थियो ।

    सम्बन्धित समाचार...