७ बैशाख २०८१, शुक्रबार

चार प्रदेशका अधिकांश भेगमा मध्यम वर्षाकाे सम्भावना

weather aajko mausam

आज देशभर पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ महाशाखाले जनाएको छ । अहिले पनि लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ । लामो समय सुख्खा रहेका तराईका केही क्षेत्रमा समेत आज सामान्य वर्षा हुने महाशाखाको अनुमान छ । यसले किसानहरूलाई केही राहत पुग्ने विश्वास गरिएको छ ।

    सम्बन्धित समाचार...